नियम १७
समितिको बैठक सम्बन्धी व्यवस्था
(१) समितिको बैठक समितिको संयोजकले तोकेको मिति, समय र स्थानमा बस्नेछ।

(२) समितिको सचिवले समितिको बैठकमा छलफल हुने विषय सहितको सूचना समितिको बैठक बस्नु भन्दा कम्तीमा चौविस घण्टा अगावै समितिका सदस्यहरुलाई दिनु पर्नेछ।

(३) समितिको संयोजक र समितिका कम्तीमा तीन जना सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सँख्या पुगेको मानिनेछ ।

(४) समितिको बैठकको अध्यक्षता समितिको संयोजकले गर्नेछ।

(५) समितिको बहुमतको निर्णय समितिको निर्णय मानिनेछ । (६) समितिको बैठकमा समितिले आवश्यकता अनुसार पीडित न्याय शास्त्र वा फौजदारी न्याय क्षेत्रको विशेषज्ञलाई आमन्त्रण गर्न सक्नेछ।

(७) समितिको बैठकको निर्णय तथा /समितिबाट भए गरेका कामकारबाहीको अभिलेख समितिको सचिवालयले सुरक्षित राख्नु पर्नेछ ।